Friday April 19, 2024
वि.सं २०८१ बैशाख ०७ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

मेहनतको फल

Palpa / Gandaki Pradesh / तानसेन नगरपालिका वडा नं. ५ बन्दीपोखरा
Tansen Small and Micro Banking Desk
342020-09-28

भनिन्छ सघर्ष नै जीवन हो र सफलताको चाबी नै मेहनत हो । यस भनाईलाई सार्थक बनाएका छन विकट पहाडी जिल्ला गुल्मीमा बस्ने श्री छबिमाया थापा र श्री बोम बहादुर थापाको जोडीले । जिन्दगीमा जब कुनै कार्य गरिन्छ तब अनेक समस्याहरु आई पर्छन् तर डटेर लाग्नेहरुको लागि ती समस्याले नयाँ अवसरहरुको सिर्जना गर्दो रहेछ । उमेरले ४० वर्ष पार गरेका ती दम्पत्ती गुल्मी जिल्लाको ठुलो लुम्पेक गा.वि.स. वडा नं. ३ लुम्पेकमा बस्दै आउनुभएकोे थियो तर हाल भने तानसेन नगरपालिका वडा नं. ५ बन्दीपोखरामा व्यवसायिक रुपमा तरकारी खेती गरेर आफूलाई एक सफल कृषि उद्यमीको रुपमा स्थापित गर्नु भएको छ । तर उहाँको सफलताको पछाडीको संर्घष पनि निकै लामो र कष्टकर रहेको छ । यातायात, सञ्चार, बिजुली, सिंचाई आदि जस्ता आधारभूत भौतिक सेवा सुविधाहरु नभएको ठाउँमा आफ्नै भूमिमा केही गर्नु पर्छ भनी सपना देख्नु भएका बोम बहादुर थापाले सुरुको दिनमा आफ्नै  घरमा परम्परागत हिसाबले तरकारी खेती गर्दै जेनतेन आफ्नो जिविकोपार्जन गर्दै आउनु भएको थियोे । उहाँसंग केही नयाँ र केही फरक गर्ने चाहना त पहिला देखिनै थियो तर जे काम गर्दा पनि पैसाको समस्या हुने र गाउँमा पैसा ऋण तथा सापटी गर्दा पनि सजिलै नपाइने । जेनतेन साहू महाजनहरुको अगाडि हात खुट्टा जोडेर ऋण माग्यो तिर्दा तिर्दा पनि सारा घरखेत नै साहूको कब्जामा जाने डर । उहाँले अनेक समस्याका बावजुद पनि आफ्नो पेशालाई केही आधुनिक र व्यावसायिक बनाउनको लागि रात दिन मेहनत र परिश्रम गर्दै आउनु भएको थियो तर लगानीको अभावमा परिश्रमले मात्र केही नहुदो रहेछ । उहाँको यो यात्रामा सारथी बन्यो मुक्तिनाथ विकास बैंक लि. । मुक्तिनाथ विकास बैंक लि. शाखा कार्यालय रिडी, गुल्मीले आफ्नो  सेवा तथा समूह बिस्तार गर्दै लुम्पेकको विकट पहाडी भागमा पुग्यो तब उहाँलाई पनि थाहा भएछ कि मुक्तिनाथ विकास बैंैक लि. ले केही गर्छु भन्नेहरुका लागि विना धितोमा पनि सजिलै कर्जा उपलब्ध गराउँदो रहेछ । उहाँ समूह सदस्य बन्नको लागि आवश्यक कागज पत्रहरु संकलन गरेर समूहमा आवद्ध हुन आउनु भयो । उहाँ सदस्य बने पश्चात विनाधितो एक लाख कर्जा लिई तरकारी खेतीमा उपयोग गर्नु भयो । उहाँले त्यो एक लाख रुपैँयाले लुम्पेकमै खेतलाई भाडामा लिएर ३ ओटा टनेल बनाई व्यवसायीक तरकारी खेती गर्न सुरुवात गर्नु भयो । सुरुको दिनमा त व्यवसाय राम्रो चलेको र तरकारी बिक्री गर्न पनि केही बेर डोकोमा बोकेर हिँडेपछि गाडीको बाटोमा पुगिन्थ्यो र गाडीबाट रिडी रुद्रवेनिको बजारमा तरकारी बिक्री गरेर साँझ गोजी भरी पैसा लिएर घर फकिर्नु हुन्थ्यो । यसरी नै उहाँले मेहनत अनुसारको फल पनि पाउनु भएकोमा मनमा हर्ष र उत्साह छाएको थियो । तर २०७६ साल श्रावण महिनामा अचानक आएको बाढी, पहिरोले उहाँको सम्पूर्ण सपनाहरु सँगै टनेल तथा खेत समेत बगाइ लग्यो । उहाँ माथि आकाशबाट इन्द्र्रले बज्रपात गरिदिए । खेत तथा बारीमा तयार भएको सम्पूर्ण तरकारी तथा टमाटरहरु बजारसम्म पु¥याउन नसकेर बोटमै कुहिएर गए । यातायात तथा बिजुली लामो समयको लागि बन्द भयो भने सिंचाइको कुलो सदाका लागी बगाइदियो र उक्त बिनासकारी पहिरोमा परी गाउँमा ८ जनाले ज्यान गुमाए र गाउँमा बस्नको लागि समेत खतरा भयो । पहिरोले उहाँको उत्साह भताभुङ्ग पारिदियो र उहाँलाई अब के गर्ने हो ? कसो गर्ने हो ? भन्ने पिरले भोकप्यास निन्द्रा सम्पूर्ण हरायो । तर, चिन्ता समाधान होइन । अब सम्हालिनु पर्दछ भन्ने सोचले फेरि सुरु गर्नु पर्दछ भन्ने अठोट लिई घर छाडेर तानसेनको बन्दीपोखरामा करिव २० रोपनी बाँझो जग्गा भाडामा लिई मुक्तिनाथ विकास बैंकबाट पुनः विनाधितो कर्जा दुई लाख रुपैयाँ लिएर १ ओटा टनेल निमार्ण र १ ओटा भैंसी खरीद गरी पुनः कृषि पेशामा संचालन गरेको ब्यवसाय आजको दिन सम्म आई पुग्दा करिब २५ रोपनी जग्गामा ७ ओटा टनेलनिमार्ण गरी टमाटर, बन्दा, काउली खेती तथा ३ ओटा भैसी र २ ओटा गाई पालन गर्नु भएको छ । दैनिक ३० लिटर दुध बिक्री गर्दै आउनु भएको छ । छबिमाया थापाको जोडीले मासिक रुपमा करिब रु. ६०,००० सम्म आम्दानी गर्दै आउनु भएको छ ।