Friday May 3, 2024
वि.सं २०८१ बैशाख २१ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

बैंक बन्यो सहयात्री

Myagdi / Gandaki Pradesh / म्याग्दी जिल्ला,बेनि न.पा.०८
Beni Small and Micro Banking Desk
392021-01-10

म्याग्दी जिल्ला बेनि न.पा.०८ स्थाई ठेगाना भई हाल बेनि न.पा.०८ क्याम्पसचोक बस्ने अम्मर सिं बागदासको जन्म वि.स २०३०।०२।२४ मा पर्बत जिल्लाको मल्लाज माझफाटंमा भएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा पढ्न पाउनु भएन । उहांले आफ्नो पुर्खाले गर्दै आएको सिलाई ब्यबसाय गर्दै आउनु भयो । उहांले मिती २०७१।०८।०१ मा ब्यबसाय दर्ता गरि बेनि बजार क्याम्पसचोकमा  अम्मर टेलरिङ्ग सेन्टरको नाममा आफ्नो ब्यवसायलाई निरन्तर संचालन गर्दै आउनु भएको छ । उहाँले त्यस व्यबसायमा रु.१,००,००० लगानी गरी २ वटा सानो मेसिन र २ थान कपडा बाट ब्यबसाय सुरु गर्नु भएको थियो । लगानी रकम कम भएको आधुनिक मेसिन जडान गर्न नसकेको कारण उहाँले अरु व्यापारी ले झैँ ब्यबसायलाई  व्यबस्थित रुपमा संचालन गर्न सक्नु भएको थिएन । 

मुक्तिनाथ विकास बैकंले बेनिमा मिति २०७५।११।०३ गतेबाट शाखा कार्यालय सञ्चालन ग¥यो । बैकंको साना तथा लघु बैकिङ्ग विभाग अन्तर्गत गरिब तथा विपन्न वर्गका व्यक्तिहरुलाई उनको आर्थिक स्थितिमा सुघार ल्याउने उद्देश्य अनुरुप बैकंले व्यक्तिगत जमानतमा व्यवसायिक साधरण कर्जा उपलब्ध गराउदै आएका थियो । त्यस कर्जाको बारेमा अमर सीं बागदासलाई बैकंका कर्मचारीहरुले बजारीकरण गर्ने समयमा उक्क्त कर्जाको बारेमा जानकारी गराए । सोहि अनुरुप निज अम्मर सिं बागदासले घर सल्लाह गरि ब्यबसायलाई वृद्धी गर्ने उद्देश्यले बैकंबाट विना धितो रु.३,००,००० कर्जा लिने गरी ब्यबसायिक योजना सहित बैंकमा आवश्यक कागजपत्र सहित मिती २०७६।०३।०५ मा निबेदन बुझाउनु भयो ।  मिती २०७६।०३।०६ मा बैकंका कर्मचारी द्धारा आवश्यक प्रकृया पुरा गरि अम्मर सिं बागदासलाई रु.३,००,००० कर्जा रकम लगानी भयो । ब्यबसायिक योजना अनुरुप उहांले २ वटा आधुनिक सिलाई मेसिन ,१ वटा इन्टरलक मेसिन, १० थान कपडा तथा अन्य आवश्यक सामग्री खरिद गरी व्यबसायलाई व्यवस्थित बनाउनु भयो ।

हाल उहांको व्यवसायमा आधुनिक मेसिन सहित २ जना कामदारले रोजगार पाउनु भएको छ । ब्यबसायबाट आम्दानी भएको रकमले उहांले ब्यबसायलाई थप वृद्धी गर्दै हाल २ वटा आधुनिक सिलाई मेशिन,५ वटा साधरण मेसिनबाट दैनिक सेवा उपलब्ध गराउर्दै आउनु भएको छ । आफुले जानेको सिप अन्य वेरोजगार युवा तथा पछिल्लो पुस्ता लाई सिकाउने उद्देश्यले हाल निजले आफ्नो ब्यबसायमा सिप समेत सिकाउदै आउनु भएको छ ।  घरका सदस्यले पनि उहांलाई व्यबसायमा साथ दिदै आउनु भएको छ । अम्मर सिं बागदास भन्नुहुन्छ ‘‘ मैले मुक्तिनाथ विकास बैंकबाट ब्यबसाय विस्तार गर्न साथ पाएको छु, मलाई मुक्तिनाथ बैकंले कर्जा लगानी गरेको कारणले हाल २ जनालाई रोजगारी  दिएको छु मेरो आम्दानी पनि बढेको छ बैंकको किस्ता तिर्न तथा परिवार पाल्न सहज भएको छ यसको लागि म यस बैकंलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु म जस्ता ब्यबसाय गर्न आटं र क्षमता भएका र रकमको अभावले ब्यबसाय संचालन गर्न नसक्नेहरुलाई यस बैकं सहयात्री बनोस् शुभकामना’’।।।