Saturday May 4, 2024
वि.सं २०८१ बैशाख २२ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

भुमिका बनीन् सफल व्यवसायी

Palpa / Lumbini Pradesh / चितवन जिल्ला पिप्ले गा.वि.स. वडा नं.०२
Manahari Small and Micro Banking Desk
312020-12-13

भुमिका प्रजा चितवन जिल्ला पिप्ले गा.वि.स. वडा नं.०२ स्थायी ठेगाना भई हाल राप्ती न.पा.–०१,सिमरा चितवनमा विगत ८ बर्ष देखी बसोबास गर्दै आउनु भएको छ । उनको परिवारमा १ छोरा ,१ छोरी श्रीमान् श्रीमती गरी जम्मा ४ जनाको हुनुहुन्छ । उनको आर्थिक अवस्था मध्यम स्तरको भएता पनी कृषी पेशालाई निरन्तरता दिर्दै केही सानो तिनो व्यवसाय गर्ने सोच बनाई २०७४ साल मा मुक्तिनाथ विकास बैक साना तथा लघुबैकीङ्ग शाखा कार्यालय मनहरीको केन्द्र नं.०५१.०३१.०१.२ को गड्यौली महीला बचत समुहमा भएको थियो । पहिलो पटक समुहमा आवद्ध भई उनीले पहिलो पटक साधारण कर्जा रु.१,००,००० /– कर्जा लिएर ५०/५० हजार पर्ने दुई वटा दुध दिने गाई खरिद गरेर गाईपालन व्यवसाय सुरु गर्नुभयो । दुध विक्रीबाट भएको आम्दानीले कर्जाको किस्ता र घर खर्च चलाउदै जानुभयो । सोही अनुसार कर्जा लिएको ८ महिना पछी फेरी बाँकी रहेको कर्जा चुक्ता गरी दोस्रो पटक एक लाख कर्जा लिएर पुनः थप राम्रो दुध दिने गाई एक वटा खरिद गर्नु भयो ।

उनले सोही व्यवसायलाई निरन्तरता दिदै व्यवसाय बढाउने सोच बनाएर ३ वटा गाईको दुध बिक्रीबाट खर्च कटाई आम्दानी गरी आफु मेहनत गर्ने प्रतिबद्धताको साथ लाग्नु भयो ।  आत्म निर्भर बन्नुपर्छ भन्ने सोच भएकीे उनले त्यसपछी फेरी तेस्रो पटक कर्जा रु.१,५०,०००/– लिएर २ वटा भैसी खरिद गर्नुभयो यसरी व्यवसाय बढाएपछि आम्दानी पनि बढ्दै गयो ।  कर्जा को किस्ता पनि तिर्दै गए  र एक कृषकबाट एक व्यवसायी बन्न सफल भए  । अहिले ३ वटा गाई २ वटा भैसी गरी ५ वटा पशुपालन गरी सोही पशुहरुको स्याहार सुसार गर्दै आफ्नो समय बितेको र आम्दानीको मुख्य स्रोत नै सोही व्यवसाय भएको बताउनुहुन्छ ।   हाल विश्वव्यापी कोरोनाभाइरसको महामारीले कृषी क्षेत्रमा समेत असर परेको र उक्त व्यवसायमा केही असर गरेता पनी यो व्यवसायलाई निरन्तरता दिदै भविष्या अन्य थप कर्जा लिएर व्यवसायलाई अझै व्यवस्थित बनाउदै एक सफल व्यवसायी भन्ने आशा राख्दै मुक्तिनाथ बैकलाई धन्यवाद दिनुहुन्छ ।