Saturday May 4, 2024
वि.सं २०८१ बैशाख २२ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

नेपाल बैकको जागीर, पोर्चुगलको यात्रासगँ जोडीएको गणेश प्रसाद तिवारी र प्राकृतीक दुग्ध उत्पादन केन्द्र

Lamjung / Gandaki Pradesh / चन्द्रेश्वर ६, लमजुङ्ग
Lamachaur Small and Micro Banking Desk
352021-01-07

जम्मा जनसख्याको करिब ६५.८ प्रतिशत मानिस कृषी पेशामा सम्लग्न रहि आय स्रोतको मुख्य स्रोत कृषीलाई नै आधार बनाई जिवन यापन गरीरहेको नेपाल एक कृषी प्रधान देश हो । भौगोलिक तथा वातावरणको हिसाबले नेपालको हिमाल, पहाड र तराईको भुभागमा विशेष गरी विभिन्न प्रकारका फलफुल तरकारी पशुपालन, मत्स्य पालन, मौरीपालन लगायतका व्यवसायमा सफलतापुर्वक व्यवसाय गर्न सकिन्छ । 

आफ्नो परीवारको खुशी हरेक अभिभावकको लागी अमुल्य हुन्छ र परीवार खुशी बनाउनका लागी बाबु आमाले हरेक परिस्थीतिको सामना गर्दै अघि बढेको हुन्छ । जिवनको हरेक उतार चढावसंगै समयले दिएको चुनौतीलाई सामना गर्दै एक सफल व्यवसायीको रुपमा परिचित छ दुर्गा घिमिरे र दुर्गाको परीवार । सामान्य जिवनयापनमा दैनिकी विताईरहेको दुर्गाको परीवार करीब १५ वर्ष पहिला लमजुङबाट बसाईसराई गरी पोखरा आईपुग्दछ । सो समयमा निजको श्रीमान नेपाल वैकमा जागीर गर्ने र परीवारको दैनीकीलाई सहज बनाउन दुर्गा घिमिरेले गण्डकी बोर्डीङमा कार्यालय सहयोगीको रुपमा जागीरमा सम्मीलित रहन्छ । निजको परीवारमा जम्मा २ भाई छोरा रहेको र निजकै लालनपालन र शिक्षा र सुखी जिवन शैलीको कल्पनामा दिनचर्या विताईरहेको दुर्गाको परीवारमा श्रीमान गणेश प्रसाद तिवारी खाईरहेको जागीरलाई राजीनामा गरी छिटै केही गर्नुपर्छ भन्ने मनभरी सपना बोकी र्पाेचुगलको भिसा लगाएर विदेशमा पुग्नुहुन्छ । करीव तिन वर्षको विदेश बसाईपछि त्यस समयमा ठुलो सपना बोकेर विदेश गएका गणेश प्रसाद तिवारीले कृषी सम्बन्धी थुप्रै अनुभवहरु लिई त्यसलाई तालीमको रुपमा ग्रहण गरि नेपालमा नै केही गर्नुपर्छ भन्ने भावनाले नेपाल फर्केर भैसी पालनको योजना बनाउनुहुन्छ ।

करिब १० लाखको आफ्नै लगानीमा करीब २ रोपनी जग्गा भाडामा लिई ३ वटा भैसी खरिद गरि भैसि पालन व्यवसाय सुरु गर्नुभयो । लगानी थप गरि भैसि पालन अझै बृद्धि गर्न चाहना हुदा हुदै पनि लगानी गर्ने पैसा भएन । सोही समयमा मुक्तिनाथ विकास बैंकबाट उघमीहरुलाई विना धितो कर्जा लगानी जानकारी पाएपछि आवश्यकता बमोजिम रु. १ लाख बंैकबाट कर्जा लिई भैसी पालन व्यवसायमा थप लगानी गर्नुभयो । व्यवसायलाई निरन्तरता दिदै जान्छ । बजारको माग र लगानी विस्तारको लागी जमिनको अभाव महशुस गरी निजको परीवारले लेखनाथमा २० रोपनी जग्गा १० वर्षको सम्झौता गरी जग्गा भाडामा लिनुभयो । हाल उक्त व्यवसायमा १५ वटा भैसी र ३ वटा गाई  पालन गर्दै आउनुभएको छ । भैषी पालनसगै निजले कालो जातीको कुखुरा १०० वटा र खरायो समेत व्यावसायीक रुपमा पाल्दै आउनु भएको छ । निजले हाल सो व्यवसायमा लगानी थप गर्न मुक्तीनाथ विकास वैकबाट रु १० लाख सहुलियत कर्जा लिनु भएको छ । निजको हाल दैनीक ६० लिटर दुध उत्पादन हुने र कास्कीको लामाचौर क्षेत्र नै आफ्नो मुख्य बजार रहेको र मासीक २,००,००० आम्दानी हुने बताउनुहुन्छ । हरेक पटकको समस्यामा यस बंैकले साथ दिएको र कर्जा रहदा रहदै पनि थप कर्जा प्रवाह गरी गोठमा आउने बेला बेलाको समस्यालाई बिना झन्जट सजिलै समस्या समाधान भएकाले बंैक एक सहकार्य र आत्मविश्वासको माध्यमका रुपमा रहेको र आगामी दिनमा सोही बंैकबाट कृषी कर्जा लिई व्यवसायलाई थप व्यवस्थित बनाउने योजना रहेको बताउनुहुन्छ ।