Saturday April 20, 2024
वि.सं २०८१ बैशाख ०८ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

निर्मलाको सफलता

Nawalpur / Lumbini Pradesh / देउराली –३, गिरुवारी
Girubari Small and Micro Banking Desk
252020-12-10

नवलपरासीको प्रसौनी गा.वि.स. वडा नं.९ मा, २०४७ साल माघ महीनाको १३ गते बुबा दुर्गा प्रसाद डोटेल र आमा मिठु डोटेलको कोखबाट जन्मिनु भएकी निर्मला डोटेल रेग्मीको जिवनमा धेरै संघर्ष गर्नुप¥यो । निम्न मध्यम वर्गिाय परिवारमा जन्मेर प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरेर स्नातक पहिलो बर्ष पढ्दै गर्दा  २० बर्षको उमेर सामाजिक परम्परा अनुसार देउराली –३, बस्ने,गिरुवारी बस्ने राजु रेग्मी सँग उहाँको विवाह भयो । दुई दाजु,भाई, दुई बुहारी र सासु  सहितको परिवारमा कान्छी बुहारीको भुमिकाको रुपमा घरपरिवार सम्हालेर  पढ्न जानु अव कठिन जस्तै देखियो र पढाईमा पनि ब्रेक लाग्यो । ५ जनाको कृषि पेशामा आवद्ध परिवारमा करिव डेढ बर्ष पछि दाजुभाईको १–१ गरि दुई सन्तानको आगमन भयो र परिवारको संख्या बढ्दै गएको र सन्तानको भविष्य को लागि अव आर्थिक पाटो हेर्नुपर्ने भयो र २०६९ सालमा दाजु सँगै उहाँको श्रीमान् बैदेशिक रोजगारका लागि कतार जानुभयो । परिवारको जिम्मा उहाँसगै जेठानी को काँधमा आयो । 

सबै साथिहरुले कर्जा लिएर किराना पसल, फेन्सि सञ्चालन गर्न थाले, उहाँ भने ऋण लिएर तिर्न सकिन्न भनि लिन खोज्नुभएन । आर्थिक भार बढ्दो थियो श्रीमानको कमाई घरको ऋण तिर्दै ठिक्क, खेतीपातीले मात्र घरखर्च नचल्ने देखिएकपछी घर परिवारमा सरसल्लाह गरि कस्मेटीक पसल गर्ने योजना बनाउनुभयो, र यसको लागि आवश्यक केही रकम जोगाड गर्नुभयो भने अपुग रकमको लागि वित्तिय सहयोगी बन्यो मुक्तिनाथ बिकास बैंक । २०७४÷०९÷२६ गते समुहका सबै साथिहरु सँग सल्लाह गरि कस्मेटीक पसल सञ्चालनका लागि १ लाख रुपैंया कर्जा लिएर ब्यवसाय सुरु गर्नुभयो । व्यवसाय राम्रो सञ्चालन हुदै गएपछी फेरी देउरानी जेठानी नै त्यसैमा लाग्ने सल्लाह भयो र पुन कर्जा चुक्ता भएपश्चात २०७६÷०५÷२७ गते २ लाख कर्जा लिई ब्युटीपार्लर समेत सञ्चालनमा ल्याउनु भयो । जेनतेन घरको ऋण तिरिसकिएको र बैदेशिक रोजगारमा पनी खासै राम्र कमाई नभएको हुँदा २ दाजुभाई नै घर फकिर्नुभयो । घर खर्च भने कस्मेटीक पसलले नै धानिरहेको थियो भने त्यती ले मात्र कँहा चल्थ्यो र अव यही बसी केही ब्यवसाय गर्नुपर्छ भन्ने पारिवारीक सल्लाह अनुसार भयो र उहाँको सोच आयो होटल गर्ने । तर लगानिको स्रोत जुटाउन कहाँ सजिलो थियो र आफुसँग केही रकम थियो भने अपुग रकम कताबाट जम्मा गर्ने भन्ने चिन्ता आई पर्यो । धितो राखेर निकाल्नको लागिपनी संगोलमा रहेको जग्गा, टुक्रा पार्नपनी नमिल्ने र जेठाजुले पनी ब्यवसाय गर्न खोज्नुभएको अवस्थमा उहाँलाई पनि लगानीको आवश्यता, दाजुले धितो राखेर किराना पसल गर्छु भनी सल्लाह गर्नुभएको हुँदा श्रीमानले नाई भन्न सक्नुभएन । 
आफु पनी ब्यवसाय गर्ने सोच तर समस्या लगानी गर्ने रकम । एकमन त पुन श्रीमान लाई बैदेश नै पठाँउछु भन्ने थियो तर फेरी उहाँको सोँचमा आयो मुक्तिनाथ विकास बंैक । स्थापना समय देखि बसेको संस्था र आफ्नो अघिल्लो ब्यवसाय सञ्चालनको पनि सारथी भएको र उक्त संस्था बाहेक अन्य संस्थामा पनी नबसेको हुँदा धेरथोर लगानी गर्ने आशा थियो । मिटीङ सञ्चालन गर्न आउने मिससँग सल्लाह गरि नयाँ होटल ब्यवसाय गर्ने सोच सुनाउनुभयो र समुहको सहमती भएमा ७ लाख सम्म पाइन्छ भन्ने सुनेर अव श्रीमान लाई बिदेश पठाउन पर्दैन भन्नेमा ढुक्क हुनुभयो र श्रीमान् लाई पनी सुनाउनुभयो  । वहाँको समुह पनि वहाँले गरिरख्नु भएको कारोवार हेरेर सकरात्मक नै भयो र पहिले सञ्चालन गरेको ब्यवसाय जेठानीले सञ्चालन गर्ने पारिवारिक सल्लाह अनुसार सुरु भयो होटल सञ्चालनको लागि आवश्यक काम । करिव २० लाख हारहारीको लगानीमा निर्माण सम्पन्न गरिएको उक्त होटलको नाम,“ कर्नर साइड रेस्टुरेन्ट एण्ड लजको नामबाट प्रो.आफु स्वयम् रहने गरि २०७६÷११÷३० गते प्यान दर्ता गरि सोही दिनदेखि नै आधिकारीक रुपमा सञ्चालन गरियो । 
अगाडी को सल्लाह अनुसार २०७७/०३/०७ कर्जा का लागि  बैंकमा निवेदन दिनुभयो र २०७७/०३/२८ गते रु.७,००,०००।– कर्जा स्विकृत भयो र सोही दिन नै भुक्तानी गनुपर्ने ठाउँहरुमा भुक्तानी गरि बैँकलाई मासिक किस्ता  तिर्दै आउनुभएको छ । दुई श्रीमान श्रीमती आवद्ध रहेको उक्त ब्यवसायले अन्य ३ जनालाई पनी थप रोजगारी प्रदान गरेको छ । हाल मासिक ५०,०००/– सम्म आम्दानी हुने गरेको  उहाँ बताउन ुहुन्छ । विगत लामो समय सम्म बैदेशि रोगारमा विताउनु भएका उहाँको श्रीमान पनि श्रीमती को हिम्मतको कदर गर्दे सफलतामा साथ दिँदै आउनुभएको छ । 
मुक्तिनाथको सेवा सुविधाबाट प्रभावित उहाँ बरपरका अन्य दिदि बहीनी तथा छरछिमेकलाई पनि मुक्तीनाथ को सुविधा बारे जानकारी गराउँदै आवद्ध हुन सुझाव दिनुहुन्छ । आफुलाई हरेक सफलतामा साथ दिएको हुँदा बैँकले आफ्नो नाम, तथा नारा अनुसारकै काम गरेको उहाँ बताउनुहुन्छ ।