Saturday April 20, 2024
वि.सं २०८१ बैशाख ०८ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

लघुकर्जाले व्यवसायी बनायो राममायालाई

Syangja / Gandaki Pradesh / स्याङ्गजा जिल्ला, फेदिखोला गा.पा., वडा नं. ५
Jugle Small and Micro Banking Desk
192020-12-10

समयको हरपल परिर्वतनशील छ । यसरी नै समयसंगै मानिसको जीवनको विभिन्न मोडमा र भोगाईहरुमा कति सफल त कति असफल भईन्छ ती भोगाईहरु सम्झन योग्य र अध्यनन योग्य बन्न सक्छ । यस्ता व्यक्तिहरुको अध्ययनले धेरैलाई सिकाई र उर्जाको रुपमा काम गर्दछ । यसरी नै सम्झन योग्य सफलताको कथा बनेको छ स्याङ्गजा जिल्ला फेदिखोला गा.पा.वडा नं. ५ वागे  निवासी राममाया  क्षेत्रीको । विपन्न परिवारमा जन्म लिएर १० कक्षा सम्मको मात्र पढाई गरेकी उनले हाल मुक्तिनाथ विकास बैंक लि.द्वारा सञ्चालित लघुवित्त कार्यक्रममा आवद्ध केन्द्र नं ०५२ की लघुउद्यमी महिला सदस्यमा परिचय बनाउनुभएको छ ।
 
उनको जीवनमा धेरै परिर्वतनहरु आएका छन् । भनिन्छ मानिस दुःखमा नआत्तिने र सुखमा नमात्तिने हुनु पर्दछ । यस्तै १८ बर्षको उमेरमा उनले बेतनीका राज कुमार क्षेत्रीसंग बिवाह गर्नुभयो । उन्का श्रीमान् विदेशमा हुनुहुन्थ्यो । एक वर्ष घरमा विताई, अब श्रीमानको कमाईमा मात्र भर नपरि महिला भएर केही न केही गर्नु पर्छ भन्ने बिचारले जुग्ले बजारमा चिया पसल व्यवसाय सुरु गर्न थाल्नुभयो । चिया नास्ताको व्यापार सँगै बिस्तारै सानो तिनो होटल पनि सुरु गर्नु भयो । होटल सुरु गरी राम्रो कमाई भएकोले उनमा अझ व्यबसायमा फाइदा पनि हुने भएकोले उत्साहका साथ उनले एक वटा सानो कुखुराको खोर किनि पसल नजिकै कुखुरा पालन व्यवसाय गरी बिस्तारै २ बटा व्यवसाय चलाउन सफल हुनुभयो । 
 
श्रीमान्ले पनि विदेशवाट पैसा बचाएर उनलाई पठाउनुहुन्थ्यो र त्यो पैसाले व्यवसाय बढाउन झन थप हौसला मिल्थ्यो  । घरमा सासु ससुरा सँग छुट्टिएर २ छोरी र १ छोरा सँग बजार झरेकी उनलाई यो व्यवसायबाट फाइदा हुदै गयो । केहि वर्ष पछि चिया पसल होटल तथा  कुखुरा पालन लाई बिस्तार गर्ने उदेश्यले २०६६/०३/३१ गते गाँउमै मुक्तिनाथ बिकास बैंकको लघुबित्त कायक्रममा आबद्ध भई केन्द्र न ००६.०५२.०२ं४ कों सदस्यता लिई रु.१०,०००र– कर्जा लिएर व्यवसाय बढाउनुभयो । यसरि राम्रो मुनाफा आर्जन हुदै गयो र ४ बर्ष श्रीमान बिदेश बसि राम्रै कमाई गरी आउनुभयो र घरमा श्रीमतीको मेहनत र परिश्रम देखि उनी अचम्म परी अब म पनि यही बसि श्रीमतीलाई सहयोग गरी केही न केही गर्न पर्छ भन्ने उदेश्यले श्रीमतीलाई बैंकबाट कर्जा लिन लगाई उनले दोस्रो, तेस्रो, चौथो कर्जा लिएर व्यवसायलाई बढाएर होटलमा परिणत गर्नुभयो । ग्राहकहरुको राम्रो चाप हुन थाल्यो व्यापार राम्रो हुदै गयो । यसरि मुक्तिनाथ बिकास बैंकबाट रु. ५० हजार , ६० हजार ७५ हजार गर्दै जांदा हाल सम्म बिना धितो कर्जा रु.८ लाख ५० हजार सम्म कर्जा चलाई सकेकी छिन् । लगानीको दोव्वर, मुनाफा हुदै गयो ।मानिसलाई व्यापारबाट सफल हुन सानो लगानी भए पनि हुदो रहेछ ,यसरी सानो लगानीमा कम जोखिम हुने देखेर व्यापार र पैसा कमाउन प्रति झन उत्साह बढ्दैै गयो । यसरी व्यसायबाट कमाएको पैसाको बचत, केही समुह बाट ऋण र केही सरसापट गरी १० लाखमा नवलपरासीमा घडेरी किन्न पनि सफल हुनुभयो र जसबाट उनलाई थप हौसला मिल्दै गयो । यी सबै कुराले श्रीमान्मा परेको सकारात्मक प्रभाबबाट उनी अतिनै हर्षित हुनुहुन्छ ।
 
यसरी पैसा नभएका गाउँघरमानै केही गर्छु भन्ने महिलालाई मुक्तिनाथ विकास बैंकले बिना धितो कर्जा दिई हौसला पु¥याएको कारणले सानो होटल व्यवसाय तथा कूखूरापालन बाट राम्रो मुनाफा प्राप्त गर्दै र बैंकमा इमान्दारीता देखाई किस्ता राम्रो सँग तिर्दै आफु आज यहाँसम्म आइपुगेको र अन्य दिदीबहिनीहरुलाई पनि आफुजस्तै व्यवसायि बन्न समेत उत्प्रेरित गर्नुहुन्छ ।