Saturday May 4, 2024
वि.सं २०८१ बैशाख २२ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

रुकमणी पल्लीको सफलता

Nawalpur / Lumbini Pradesh / नवलपरासी जिल्ला रामनगर गा.वि.स.–०२
Bhumahi Small and Micro Banking Desk
332020-12-13

वि.सं. २०३६ साल मंसिर १२ गते नवलपरासी जिल्ला रामनगर गा.वि.स.–०२, नवलपरासीमा जन्मनुभएको रुकमणी पल्ली बैवाहिक जिवनसँगै हाल सुनवल नगरपालीका वार्ड नं १३ सुन्दरवस्तीमा बसोवास गर्दै आउनु भएको छ । निज सदस्य कृषकहरु मध्येबाट एक उत्कृष्ट कृषकको उदाहरण पेश गर्नु भएको छ । पहिला निजको श्रीमानले आल्मुनियम कम्पनीमा जागीर गर्नु भइरहेको थियो श्रीमानको कमाइले उहाहरुलाई खान बस्न ठिक्क हुन्थ्यो ।  उहाँहरु लगानी अभावले सो व्यवसाय सञ्चानल गर्न गाहे भइरहेको थियो । त्यसै बखत मुक्तिनाथ बिकस बैक उहाँहरुको घर आँगनमा पुग्यो र २०७३ साल मंसिरमा मुक्तिनाथ बिकास बैकको महिला समुहमा सदस्यता लिनुभयो ।

सदस्य रुकमणी पल्लीले यस मुक्तिनाथ विकास बैकको समुहमा एक उर्जाका साथ लाग्नु भएको थियो । बैकले उहाँलाई विना धितो कर्जा लगानी गर्ने भएकोले सदस्यलाई निकै उर्जा प्राप्त भएको थियो । यस बैकको समुहमा आवद्ध भए पश्चात उहाँले पहिलो पटक मिति २०७३/०९/१८ गते रु.१,००,०००/– कर्जा चलाउनु भएको थियो । उहाँले लिएको कर्जा रकम र आफुसँग भएको रकमले उनले १ वटा गाई किन्नु भयो र गोठ बनाउनु भयो उहाँले गाई पालनबाट राम्रो आम्दानी गर्न लाग्नुभयो । फेरि २०७४/०७/१९ गते दोस्रो पटकमा रु.१,५०,०००/– कर्जा चलाउनु भयो । उक्त कर्जा बाट ३ वटा गाई किन्नु भयो अब गाई पालनको आम्दानीबाट उनको घर खर्च र एक छोरा एक छोरीको स्कुल फि पनी पुग्न थाल्यो । उहाँको श्रीमान्को तलब पुरै बचत हुन थाल्यो  । दोस्रो कर्जा राम्रोसँग चलाइ सकेपछि फेरी मिति २०७५/१२/१७ गते मुक्तिनाथ सहुलियत कर्जा अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा शिर्षकमा रु.७,००,०००/– कर्जा लिनुभयोे ।

उहाँ व्यवसायिक कृषिमा लाग्नुभएको करिव ४ वर्ष भयो । हाल निजको गोठमा १७ वटा गाईहरु रहेका छन् । जसबाट व्यवसायको खर्च कटाएर मासिक रु.५५,०००/–  जती आम्दानी गर्नु हुन्छ । गाई पालन वाहेक १ वटा उन्नत जातको भैसी, ५५ वटा लोकल कुखुरा र ५ वटा टर्की पनि पाल्दै आउनु भएको छ । त्यही आम्दानीबाट घर खर्च र बैंकको किस्ता तिर्न पुगीरहेको बताउनु हुन्छ । हाल सम्मको कमाईबाट छोरीलाई नर्स पढाई रहनु भएको छ । साथै समुहमा बस्नु भएका अन्य दिदिबहिनीहरुको लागि उहाँ एउटा प्रेरणाको स्रोत बन्नु भएको छ । मुक्तिनाथ बिकास बैंक लघुवित्त कार्यक्रम अन्तरगत महिला समुहमा आबद्ध भई विगत ४ वर्ष देखि निरन्तर बचत तथा कर्जाको कारोवार गर्दै आउनु भएको छ । साथै सम्पुर्ण बैंकिङ्ग सुविधा मुक्तिनाथ बिकास बैंकबाट पाएकोले आफु निकै सन्तुष्ट रहेको बताउनु हुन्छ । जब उनले मुक्तिनाथको महिला समुहमा आवद्ध हुनुभयो । उनको दिनहरु विस्तारै फेरिदै गए र उनी एक सफल पत्नी, एक सफल आमासँगै एक सफल व्यवसायीको रुपमा स्थापित हुनुभएको छ । आज मुक्तिनाथको साथ र उहाँको मिहेनत र परिश्रमको कारण उनको आफ्नै पहिचान छ । जिन्दगी सफल र सार्थक बनेको छ । 

उहाँ भविष्यमा पनि यसैको क्षेत्र विस्तार गरी यसै व्यवसायलाई आफु र आफ्नो समूहका साथी भाईलाई पनि सँग सँगै अगाडी वढाउँदै लैजाने भावी योजना रहेको बताउँछन् । साथै नेपालमा केही काम नै छैन बिदेशमा गएर काम गर्छु भन्नेहरुका लागि एक उदाहरणीय कृषक बन्नु भएको छ । 

डेस्क भुमही