Friday April 19, 2024
वि.सं २०८१ बैशाख ०७ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

शान्ती चेपाङको गाई फर्म

Chitwan / Bagmati Pradesh / चितवन जिल्ला, राप्ती वडा नं. ०२
Manahari Small and Micro Banking Desk
292020-12-11

चितवन जिल्ला राप्ती वडा नं. ०२ मा बसोबास गरी वि.स. २०३६ सालमा जन्मनु भएकी शान्ती चेपाङको जिवनमा धेरै दुख कष्ट आई परेको निज सदस्य सुनाउनु हुन्छ । आजभन्दा ५ वर्ष अघि सम्पतीको नाममा डेढ कठ्ठा जग्गा रहेको थियो । सो जग्गाले घरपरिवार खाना लाउन समस्या परेको र आफु गाउँ घरमा मेलामा गएर घर खर्च टारेको बताउनु हुन्छ । डेढ वर्ष अघि श्रीमान विदेश गएपनी खासै कमाई नभएकोले घरमा समस्या भएको र यसै विचमा मुक्तिनाथ विकास वैंकको समुहमा मिती २०७४ सालमा आबद्ध  हुनु भएको थियो । निजको श्रीमानले पनि विदेशबाट अली अली कमाई गर्नु भएको श्रीमान् वैदेशिक रोजगारमा पठाउँदा लागेको ऋण तिर्न पनी अफ्ठयारो भएकोले आफुले पनि अब केही गर्नु पर्ने सोच बनाई होटल व्यवसाय गर्ने सोचले निजले यस समुहबाट रु.१,००,०००। माग गरको पैसा र श्रीमानले पठाउनु भएको पैसाले सानो होटेल व्यवसाय संञ्चालन गरेको बताउनु हुन्छ ।

सो व्यवसाय आफु र छोरा मिलेर चलाउनु भएको थियो । केहि समय व्यवसाय संञ्चालन गरेर आम्दानी राम्रै भएपछि फेरी समुहबाट माग गर्नु भएको र वैंकबाट पनि निजले पहिले चलाएको रेर्कड हेरी रु.१,५०,०००। लगानी गरेको थियो । निजले सो रकमले छोरालाई विदेश पठाउनु भएको पाईयो । छोरा विदेश गए पछि करिब ८ महिना पछि गाई पालन व्यसाय गर्ने आट गर्नु भएको र सो व्यवसाय गर्नलाई निजले फेरी मुक्तिानाथको समुहबाट ऋण माग गर्नु भएको र वैंकबाट पनि निजले दोस्रो चलाएको रेर्कड हेरी रु.२,८०,०००। लगानी गरेको थियो । निजले सो रकमबाट २ वटा गाई किनेर दैनिक विहान वेलुका दुध बेचेर राम्रै आम्दानी गरेको बतानु हुन्छ ।

केही समय पछी दुध बेचेर अम्दानी गरेको पैसा र विदेशबाट पठाएको पैसाले ३ वटा गाई थप गरी ५ वटा भएको बताउनु भयो । निजले केही वर्ष ५ वटा गाईबाट संञ्चालन गरीसकेपछी अब ठुलो फर्म खोल्ने सोच बनाई विदेशमा श्रीमान र छोरासँग छलफल गर्नु भएको र श्रीमानले पनी अब कती विदेश बस्नु अब स्वदेशमै केहि गर्नु पर्छ भन्ने सोचले श्रीमान पनी लगतै नेपाल आउनु भयो । शान्ति चेपाङ्ग भन्नुहुन्छ “हामिले फर्म खोल्नको लागी ठुलो रकमको आबश्यकता पर्ने भएकोले हामिले बैक खोज्यौ अनी मैले सम्झी हामीले पहिला देखी कारोबार गर्दै आएको मुक्तिनाथ िवकास बैंक हो । हामी श्रीमान श्रीमती बैंक तर्फ हिड्यौ त्योे शाखा थियो मनहरीे, हामिले हाम्रो योजना सबै सुनायौ र सरले भने बमोजीम कागजपत्र उपलब्ध गराई सकेपछी हामिलाइ रु.१०,००,०००। लगानी भएको थियो र हामिले ८ वटा गाई किनेर व्यवसाय संञ्चालन गर्यौ । सो व्यवसायसंञ्चालन गरेर दिनहु ८० देखि ९० लिटर सम्मदुध विक्रीगर्दै आइरहेका छौ”। निज सदस्यले सो व्यवसायबाट आम्दानी गरी अहिले ३ कठ्ठा ३ धुर रहेको बताउनु हुन्छ । हाल सोही व्यवसायमा सम्पुर्ण परिवार छोराबुहारी समेतको सोही गाई स्याहार सुसार गर्दै दिन बितेको छ । निज सदस्यले अहिले १ जना व्यक्तीलाई सो फर्ममा रोजगार दिनु भएर एक सफल व्यसायीको रुपमा समेत पहीचान बनाउनुको साथै उदाहरणको लागी प्रेरणाको स्रातको रुपमा समेत लिन  सकिन्छ ।