Thursday March 28, 2024
वि.सं २०८० चैत १५ बिहिबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

शिव प्रसाद चम्लागाईको व्यवशायमा चमक

Morang / Province No. 1 / उर्लावारी न. पा. ,वडा नं ०४
Urlabari Small and Micro Banking Desk
172020-12-10

वि सं २०२८ सालमा जन्म भई मोरङ जिल्ला साविक लेटाङ गा वि स वडा नं १ स्थायि बसोवास रहि हाल उर्लावारी न पा वडा नं ०४ मा बसोवास गर्दै आउनु भएको वर्ष ४९ का शिब प्रसाद चम्लागाई को जिवनमा थुप्रै उतारचढाव आए नेपाली सेना को जागिर गर्दै आउनु भएको वहा त्यस क्रममा सोचे जस्तो आम्दानी हुन नसकेपछि वैदेशिक रोजगारीमा बिदेश गई ७ वर्ष बेैदेशिक रोजगारमा रहि अर्काको देशमा परिश्रम गर्दा पनि  सोचेजस्तो आम्दानी गर्न सक्नुभएन ।
 
७ वर्षमा विदेशमा गरेको कामलाई वहाँले एउटा तालिमको रुपमा लिइ नेपालमै केहि गर्ने इच्छा जाग्यो नेपालमा नै केहि गर्ने योजना अनुरुप उर्लावारी–७ मा होटल संचालन सुरु गर्नु भयो तर सुरु गरेको व्यवशायमा स्थान अभाव र गलत लोकेसनमा व्यवशायमा रहेको कारण व्यवशाय राम्रोसंग संचालन हुन नसकेको कारण व्यवशायलाई नया ढंगले व्यापारिक केन्द्र र मानिसहरु धेरै चहलपहल हुने स्थानमा व्यवशाय स्थानान्तर गर्नुपर्ने अवस्था रहेतापनि उक्त स्थानमा संचालन गर्नको लागी निजलाई आर्थिक समस्याले गर्दा सोचे जस्तो व्यवशाय बिस्तार गर्न सक्नुभएन जिवनभरको कमाई पनि घर खर्चमा नै सकिएको अवस्थामा मुक्तिनाथ बिकास बैक उर्लावारी शाखाबाट गरिएको मार्केटिङ व्यवशाय गर्नलाई बिना धितो कर्जा लिन सकिने कुरा बुझेपछि खुसि भई बैकबाट बिना धितो साधारण कर्जा मिति २०७५÷०९÷३० मा प्रथम पटक मुक्तिनाथ बिकास बैक को उर्लावारी डेस्क बाट रु. २,००,००० कर्जा लिई होटल व्यवशायलाई उर्लावारीको धेरै चहलपहल हुने क्षेत्र इटहरा रोडको बैक लाइनमा दश वर्षलाई जग्गा भाडामा लिनुभयो ।
 
हाल निजको होटल व्यवशायमा श्रीमान श्रीमति र १ जना कामदार लाई समेत रोजगारी दिनु भएको छ र वहाहरु लाइ दिनभर भ्याई नभ्याई हुने गरेको छ । निजको व्यवशाय बृद्धि र निजको सस्थां प्रतिको सकारात्मक धारणाको कारण निज लाई पुन बिना धितो साधारण कर्जा रु ५,००,००० लगानी गरिएको छ । उक्त लगानीले निजले आफ्नो व्यवशायलाई अझ बिस्तार गर्ने योजना रहेको बताउनु भयो । शिव प्रसाद चम्लागाईले आफुमा आर्थिक अभाव भई व्यवशाय बिस्तार गर्न नसकेको अवस्थामा मुक्तिनाथ बैकले गरेको सहयोगको मुक्तकंण्ठले प्रसंशा गर्नुहुन्छ साथै वहाले वरिपरि रहेका अन्य व्यवशायिलाई बैकको विभिन्न कर्जा हरुको मार्केटिङ गर्नुहुन्छ । साथै वहाको वपिरि धेरै बैक तथा बित्तिय सस्ंथाको शाखा कार्यलय रहेपनि मुक्तिनाथमा नै कारोवार गर्न प्रोत्सान गर्नुहुन्छ त्यसैले वहा अहिले निकै खुसि देखिनुका साथै मुक्तिनाथ विकास बैंकको विशेषता र विश्वसनियता अरुलाई पनि सुनाउनु हुन्छ ।