Thursday March 28, 2024
वि.सं २०८० चैत १५ बिहिबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

परिश्रमी हात, मुक्तिनाथको साथ

Dhading / Bagmati Pradesh / रोराङ ग.पा-०९,बेनिघाट
Benighat Branch
72020-09-27

वि.स.२०४८ साल वैशाख १ गते धुषा गाँउपालिका वडा नं–०१ ,धादिङ्गमा जन्मनु भएका शिव वस्नेत घर परिवार सँगै बेनिघाट रोराङ गाँउपालिका–०७, चरौदीमा बसोबास गर्दै आउनु भएको छ । मध्यम वर्गीय परिवारमा जन्मेर हुर्केका बस्नेतको परिवारको मुख्य पेशा कृषि नै थियो । परम्परागत कृषि पेशाबाट परिवारको आधारभुत आवश्यकता पुरा गर्न पनि धौ धौ परिरहेको अवस्था थियो  । कृषि पेशामा पनि मुख्य कमाई भनेको तरकारी खेती थियो । तरकारी खेतीबाट भएकोले कमाइले परिवारलाई दैनिक गुजारा गर्न पनि मुश्किल थियो ।  कृषि पेशासंगै वस्नेतले वि.स. २०७२ सालमा आफ्नै घरमा सानो किराना पसल संचालन गर्ने योजना गर्नुभयो तर लगानी अभावले सो व्यवसाय व्यवसायिक रुपमा सञ्चालन गर्न गा¥हो भइरहेको थियो । त्यसै बखत मुक्तिनाथ बिकस बैक उहाँहरुको घर आँगनमा पुग्यो र २०७४ साल पुषमा मुक्तिनाथ बिकास बंैकको व्यक्तिगत सदस्यता लिनुभयो । 

सदस्य शिव वस्नेतलाई बैकले विना धितो कर्जा लगानी गर्ने भएकोले निकै उर्जाशील बनी व्यवसायीक रुपमा तरकारी खेती संगै किराना पसल सञ्चालन गर्न हौसला बढ्यो । यस बैकको व्यक्तिगत सदस्यतामा  आवद्ध भए पश्चात पहिलो पटक रु.१,००,०००/– कर्जा लिई आफ्नो व्यवसायमा लगानी गर्नुभयो । उक्त पसलमा बैकबाट लिएको कर्जा रकम र आफुसँग भएको रकमले लगानी गरी पसलबाट पनि राम्रो आम्दानी हुन थाल्यो । आफ्नै घरमा सञ्चालन गरेको पसल आसपासमा गाँउ छरछिमेकहरु आउने जाने चोक नै भएको कारणले पनि किराना पसलमा व्यापार राम्रो हुन थाल्यो । उनको श्रीमती पसलमा र आफु कृषी कार्यमा लाग्नु भयो । कृषी पेशाबाट खाना लाउनु र घर खर्च पुग्न थाल्यो र पसलको आम्दानी पुरै बचत हुन थाल्यो  । पहीलो पटक लिएको कर्जा चुक्ता गरिसकेपछी पटक पटक गरी हाल सम्म चार लाख कर्जा लिनु भयो र उक्त सम्पुर्ण रकम सोही पसलमा लगानी गर्नुभयो ।

वस्नेतले वि.स.०७३/०७४ सम्म खासै प्रगती गर्न सक्नु भएको थिएन । जब मुक्तिनाथ विकास बैकसंग  सहकार्य गरि विनाधितो कर्जा लिएर व्यवसायमा लगानी गरि एक सफल व्यवसायीको रुपमा स्थापित हुनुभएको छ । आज मुक्तिनाथको साथ र आफनो मिहेनतले गर्दा बस्नेत आफ्नै पहिचान गराई हाइवेयमा आर.सि.सि गरेको ६ कोठे घर निर्माण गरि सफल र सार्थक जिन्दगी विताउनु भएको छ ।