Friday March 29, 2024
वि.सं २०८० चैत १६ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

विदेशको वर्ष दिन भन्दा स्वदेशमा १ महिना मै बढी

Kaski / Gandaki Pradesh / पोखरा-३३,कास्की
Gagangaunda Branch
62020-07-17

नौं दिनकी सुत्केरीलाई छोडेर विदेशिन कस्लाई रहर हुन्छ होला र??? वाद्यता भयो, वि.सं.२०६३ मा श्रीमान् साहुबाट ऋण लिई कतार जानु भयो । ५ वर्ष कतारमा पसिना बगाउँदा पनि विदेशिदाको ऋण तिर्न नसकी घर फर्किनु पर्यो । घरमा दिगो आम्दानीको श्रोत र व्यवसाय केही थिएन । बढ्दो पारिवारिक खर्चलाई धान्न मुस्कील थियो । अब, लघुवित्त कार्यक्रमबाट कर्जा लिई, आफूले जानेको सजिलो पेशा रोजिन् गाईपालन । २०६८ माघमा रु. २० हजार कर्जा लिई १ वटा गाई किनिन् । थोरै दुध विक्री पछि थप आम्दानीको लागि रु. ५० हजार कर्जा लिई ४००  वटा कुखुरा पालन र तरकारी खेती पनि गर्न थालिन् । अब आम्दानीका साना धर्साहरु कोरिन लागेका थिए । तर, श्रीमान् फेरी २०७० सालमा साउदी अरब लागे तर त्यहाँ कतारको जति पनि कमाई हुन सकेन । विदेशिएको खर्च उठाउन ३ वर्ष लाग्यो र फर्किए । कर्जा लिने, व्यवसायमा थप गर्ने, कमाउने, बचत गर्ने र किस्ता तिर्ने क्रम जारी छ तर व्यवसाय विस्तारको क्रम रोकिएको छैन ।

२०७५ बैशाखबाट कुल रु. १५ लाखको लगानीमा पोखरा फेवाताल किनाराको खपौंदी भन्ने ठाउँमा स्काई हाई रेष्टुरेण्ट सुरु गरेकी छिन् । यो व्यवसायले उनलाई अति व्यस्त बनाएको छ । महिनामा रु.४ लाख भन्दा बढीको ब्यापार हुन्छ भने करिव रु. १ लाख ५० हजार मुनाफा आर्जन हुन्छ । उनको श्रीमान् विदेश बस्दा वर्ष भरीमा यति जोगाउन सकेका थिएनन् । पोखरामै ६ आना घडेरी किनेकी छिन्, छोरी ८ कक्षा र छोरा युकेजीमा पढ्छन् । अब गाउँको घरमा लोकल कुखुरा र खसी बोका पनि पाल्ने तथा आफ्नै बारीमा तरकारी खेती गरी फेवातालको मनोरम दृश्य सँगै आर्गनिक स्वाद चखाउने उनको योजना रहेको छ ।