तनहुको भानु गा.प वडा नं ६ थप्रेकमा बि.स. २०१८ सालमा बुबा छायादत्त उपाध्याय र आमा रमादेबी उपाध्यायको माईली छोरीको रुपमा जन्म लिएकी थिइन् ज्ञानेश्वरी उपाध्याय |
आमालाइ तीस बर्षको उमेर देखि नै दम रहेको र अल्सर हुदा फोक्सोको क्यान्सर रोग लागेको र बुबालाइ उच्च रक्तचाप भएको हुदा सबै जिम्बेवारी ज्ञानेश्वरीको काधमा परेको थियो । दिदीबहिनीहरुको विवाह भइसकेको र घरमा बिरामी आमाबुवा र तीन भाइहरुको रेखदेख र घरब्यबहार चलाउदा चलाउदै आफनो बिहावारीको सोच नै आएन । बुबाको औषधी मासिक खर्च रु पांच सय लाग्ने र भाइहरुलाई उच्च शिक्षा दिने बेला भइसकेको र आम्दानीको बाटो भनेको कृषि र पशुपालनमात्रै थियो । तर पछि ज्ञानेश्वरी स्वयम आफुलाई पनि उच्च रक्तचाप र नशाको रोग लागेको हुदा पशुपालन कार्य पनि छोड्दै गएकी थिइन भने खर्चका बाटाहरु बढदै गएका थिए । झन पछी झन उनलाइ समस्याले घेर्न थाल्यो । आफु पढ्न नपाए पनी भाइहरुलाइ उच्च शिक्षा िदने र आमालाइ अस्पतालको बिस्तारामा उनको दाइने हातमा शिरानी लिएर यो संसार लाइ छोडेको घटना नदोहोरीयोस भन्ने हेतुले बुवालाइ पनि राम्रो अस्पतालमा लगेर राम्रो संग उपचार गर्ने अठोट गरिन तर के गर्ने कुनै बाटो नै देख्न सकेकी थिइनन् । उनमा त्यो भन्दा पनि ठुलो चिन्ता के थियो भने उमेर ढल्किसक्यो सधै माइती घरमै बसेर खाएकी छ भन्ने रुखो गाउलेको बोलिले पिडा थपिएको थियो । उनि साह्रै अप्ठेरो स्थितीमा परीन् । उनी के गर्ने के नगर्ने केही गरु भने पनी ऋण नपाउने ऋण माग्न जादा तेरो के जागीर छ र के ले तिर्छेस भनि रीत्तो हात फर्काइने हुदा पिडामा रुमलि रहेकी थिइन् ।
त्यसै बेला लघुवित्त कार्यक्रम मार्फत महिलाहरुलाइ स्वसक्षम बनाउनको लागि मुक्तिनाथ बिकास बैक बन्दिपुर १ डुम्रेमा शाखा कार्यालय उद्घाटन भयो र त्यसको केही समयमा नै भानु ५ भन्सारमा पनि कार्यक्रम सुरु हुन लागेको कुरा उनले पनि थाहा पाइन् । उनले सुनेकी थिइन यस कार्यक्रममा विवाहित महिलाहरुले केही गर्छु भन्ने भाबना भएकालाई मात्र यस कार्यक्रममा आबद्घ गराइन्छ भन्ने सुनीन् तर आफु अविवाहित भएको कारण आफुलाई समुहमा आबद्घ गराइदैन होला भन्ने कुराले खुबै पिरोलेको थियो । समूहमा बस्न नपाए पनि कुरा सुन्दैमा बुझ्दैमा के विग्रीन्छर भनेर उनी पनि २०६६ भाद्रमा त्यहाका दिदीबहिनीहरु जम्मा भएको चौतारीमा एक छेउबाट चुपचाप हेरिरहेकी थिइन । अगाडी बैंक कर्मचारीले समूहलाइ तालिम दिदै हुनुहून्थ्यो । कुरा सुन्दा समूहमा आवद्ध हुन रहर लागेको र आवद्ध भएर केही गरेर देखाउने संकल्प गरेकी थिइन । तालिम दिदै जादँ ३५ वर्ष नाघेका केहि गर्छु भन्ने भावना भएका महिलाहरुलाई पनि समूहमा अवद्ध गराइन्छ भन्ने कुरा सुनेपछि उनी जरुक्क उठेर म पनि यस समूहमा अवद्ध हुन चाहान्छु समूहमा आवद्ध गराउन समूहका साथीहरुलाई अनुरोध गरिन् र समूहका साथीहरुले पनि उनलाई समूहमा राख्न सहमती भए । मेहनत र लगनशिल भएपछि महिलाले पनि जस्तोसुकै काममा पनि सफलता हात पर्छ भन्ने कुराले नै ठुलो प्रेरणा मिल्यो । उनले बैकबाट कर्जा लिएर अरुले भन्दा छुट्ै किसिमको व्यवसाय र त्यहा वरपर नभएको मसला पिन्ने मेसीन खरिद गरी सोहि व्यवसाय संचालन गर्ने निधो गरीन । २०६६ असोजमा प्रथम पटकको कर्जा रु २०,०००/– लिइन् । मेशिनका लागी रु. २०,०००/– ले नपुग्ने भएपछि रु. १०,०००/– अन्यत्रबाट कष्ठका साथ जुटाइन । उनले रु. तिस हजारमा मसला पिन्ने मेशिन ल्याई व्यवसाय सुरु गरीन । उनको व्यवसायबाट दैनिक रु.पांच सय आम्दानी हुन थाल्यो र उनको मसला पिस्ने मेशिनको प्रचार प्रशार भए पछि उनको आम्दानी अझै बढ्दै गयो र उनको हौसलापनि बढ्दै गयो । व्यवसायमा भएको आम्दानीले उनलाई हौसला बढाई अरुले ल्याएको मसला मात्र नपिनी आफैले मसला ल्याएर पिनेर राखी विक्री गर्दा अझै बढि फाइदा हुने भएकाले उनले पुन २०६७ आषाढमा दोस्रो पटकको कर्जा रु ३०,०००/– लिइन सो रकमबाट उदेश्यअनुसार मसलाहरु खरिद गरीन् ।
उनी आफ्नो घरमा मसला पिन्न तथा खरिद गर्न आउने ग्राहकलाई किराना सामान पनि उपलव्ध गराउने हेतुले मसला बेचेर आएको आम्दानी तथा बंैकबाट विशिष्ठ कर्जा रु ३०,०००/– लिई किराना सामान पनि राख्न सुरु गरीन् र सोहि क्रममा सानो फ्रिज खरिद गरी सड्ने गल्ने र विग्रने खालका खाद्यय बस्तुलाई फ्रिजमा राखेर जोगारने काम गरीन् । व्यवसाय बाट दिनानुदिन आम्दानी बढ्दै गएको हुनाले उनले आफ्नो घर व्यवहार चलाउन धेरै सहज भएको महसुस गरीन् । मसला तथा किराना सामान थप गरी व्यवसाय बढाउनका लागी पुन २०६८ बैशाखमा तेस्रो पटकको साधारण कर्जा रु ४०,०००/– लिई सामान थप गरीन् । व्यवसायबाट भएको आम्दानीले बैंकको किस्ता तिर्ने बुवाको औषधी खर्च र दुई भाइको उच्च शिक्षाको खर्च तथा घरको खर्च व्यवसायबाट भएको आम्दानीबाट सहज रुपमा चल्ने मात्र नभई केहि बचत गर्न सफल भइन् । त्यसै बखत किराना पसल दर्ता पनि गरी सकेकी थिइन् । उनले फेरी २०६९ भाद्रमा रु. ४०,०००/–विशिष्ठ कर्जा लिई मसला खरिद र पिन्न आउने तथा अन्य ग्राहकहरुलाई अझै आक्रषित गर्नका लागी दुध दहि पनि उपलव्ध गराउन थालीन् । उनको परिश्रम र लगनशिलता देखेर वरपरका सवै दंग परेका थिए र उनको शिको गर्न पनि खोज्दथे तर उनको बोलि बचन आदर सत्कार र उनको सामानको गुणस्तरलाई कसैले पनि पछि पार्न सक्दैनथे । ज्ञानेश्वरीले दुध दहि पनि विक्री गर्ने भएकाले कुनै दिन दुुध दहि रहे पनि नविग्रीयोस् भन्ने हेतुले पहिलेको कर्जा चुक्ता गरी २०६९ फाल्गुणमा रु. ५०,०००/– कर्जा लिएर एउटा डि फ्रिज खरिद गरीन् । उनको कुनै चिजलाई पनि खेरा जान नदिने शिपले उनलाई कुनै दिन घाटा हुन्छ भन्ने कत्ति पनि डर थिएन । किनकि उनमा परिकारबाट बन्ने अर्को किसिमको परिकार बनाउने कला थियो । त्यसै गरी आफ्नो व्यवसायमा होमिएकी ज्ञानेश्वरीले व्यवसाय बढाउनका लागी २०७० जेष्ठमा पुनः रु. ३०,०००/– विशिष्ठ कर्जा लिई व्यवसाय बढाउदै गइन् र हाल व्यवसायबाट सम्पूर्ण खर्च कटाएर दैनिक रु १००० /- नाफाहुने कुरा उनले निर्धक्कका साथ भन्दछीन् । ज्ञानेश्वरीले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय डुम्रेबाट सम्म नौ पटकमा रु. ३,३०,०००/– कर्जा उपभोग गरिसकेकी छन् । उनले अफ्नो बचत पनि राम्रै रकम जम्मा गर्दैै आएकी छन् । सुन्यबाट सुरु गरेकी ज्ञानेश्वरीले उनको पसलमा हाल रु १,६०,०००/– बरावरको सामान रहेको छ भने दुई वटा फ्रिज मसला पिन्ने मेशिन फर्निचरका सामानहरु गरी जम्मा रु दुई लाख बरावरको स्थीर सम्पत्ती जोड्न सफल भएकी छन् । घरमै व्यवसाय संचालन गरी एउटा कोठाको विस्तारमा मुटु तथा प्रेशरका रोगी बुवाको स्याहार सुसार गर्दै दुई भाइलाई काठमाण्डौंमा एम. ए. सम्मको उच्चशिक्षा पढाउन सक्नु तथा घर व्यवहार गाउं समाजले हेर्ने दृष्टीकोणमा परिवर्तन ल्याइ दिनुमा मुख्य हात मुक्तिनाथ विकास बैंकको रहेको र साच्चै नैे लघुवित्तले गरीव र सर्वहारा जीवनबाट मुक्ति दिदो रहेछ भन्ने उनको भोगाई रहेको छ ।
शाखा कार्यालय डुम्रे, तनँहु