Saturday May 4, 2024
वि.सं २०८१ बैशाख २२ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

सफलताको सारथी बन्यो लघुवित्त

Nawalpur / Lumbini Pradesh / भुमही , नवलपरासी
Walling Small and Micro Banking Desk
362021-01-07

जीवन साहस, मेहनत, बिश्वास र संघर्षको कथा हो भन्ने बुझाउछ बिष्णु पराजुलीको जीवन कहानीले । नवलपरासी जिल्लाको भुमहीमा बि.सं. २०३३ बैशाख १ गते बुबा तारापती रेग्मी र आमा हरीकला रेग्मीको कोखबाट जेठी छोरीको रुपमा उनको जन्म भएको थियो । पहाडबाट बसाई सरी गएको कारण पर्याप्त जग्गा जमीन नभएकोले गुजारा चलाउनको लागी बुबा दिल्लीतिर मजदुरी गर्न जानुपर्ने बाध्यता रहेकोले परदेशी भुमिमा पसिना बगाई जीविका चलाउनु हुन्थ्यो । आमा घरमा बसेर सामान्य कृषी पेशा गर्नुहुन्थ्यो । बिष्णु जेठी छोरी भएको र आफूभन्दा स–साना पाँच बहिनी र दुई भाइको हेरचाह र आमालाई घरयासी तथा कृषि काममा सघाउनु पर्ने र ठूलो परिवार भएको हुनाले मन भित्रको उत्साह, उमङ्ग अनि चाहनालाई लुकाएर उहांले अध्ययनलाई निरन्तरता दिन नसकी छ कक्षा सम्म पु¥याएर छाड्नु भयो । 

ठूलो परिवार,अध्ययन पनि बिचमा नै रोकिएको र विवाह गरि अर्काको घरमा जानुपर्ने सामाजिक परम्परा अनुरुप १७ बर्षको कलिलै उमेरमा बि.सं. २०५० फाल्गुण २५ गते स्याङ्जा जिल्लाको थुमपोखरा गा.वि.स. भैसेखोलामा जन्म भई जिविको पार्जनका लागि बुटवल ट्राफिक चोकमा ठेलामा चिया पसल संचालन गरी बस्ने सूर्यकान्त पराजुलीसंग मागी विवाह गरी पारिवारीक बन्धनमा बाधिनु भयो । नयाँ जोश जांगर, उमङ्ग र जीवनसाथीको साथ अब त केही गर्न सकिन्छ भन्ने भावना अंकुरण हुन नपाउदै श्रीमान् बिरामी पर्नु भयो र चियापसल समेत चलाउन नसक्ने स्थिति भएपछि उहाँहरु गाँउ थुमपोखरा नै पर्कनु पर्ने बाध्यता भयो र फर्कनु भयो । “छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी”भन्ने उखानलाई चरितार्थ गर्दै दाजुले भाई र बुहारीलाई सहयोग गर्नुको साटो बिरामी भाईलाई अंशबण्डा गरी अलग गराईदिनु भयो । 

बिरामी श्रीमान्,अपरिचत ठाँउ, तराईमा नै जन्मे हुर्केको मान्छे पहाडको उकालो ओरालो अनि भिरपाखामा काम गर्न उहाँलाई अति गाह्रो भएको बताउनु हुन्छ । केही गर्ने मनसायले उधारो भंैसी किन्नु भयो र त्यसबाट केही आम्दानी हुन थालेको थियो । तर बिडम्बना बिरामी श्रीमान्को औषधि उपचारमा दुध बेचेर कमाई गरेको पैसा खर्च भएपछि भाखामा पैसा फिर्ता गर्न नसक्दा साहुले भएको खेतबारी कब्जा गर्न लागेकोले दाजु (जेठाजु)ले आफु जिम्मा बसेर फिर्ता गररिदिएको सम्झनुहुन्छ । दिनभरी काम गरेर आयो ओत लाग्ने स्याउलाले बारेको गोठमा बसेर उहाँले दिनहरु बिताउनु भयो । साथै ससुरा समेत संगै रहेको र समाजको रितीरिवाज अनुसार ससुरा बुहारी एकै ठाँउमा बस्नुहुदैन भन्ने कारणले स्याउलाले बारेको गोठको बाहिर कैयन रातहरु बिताएको सम्झनुहुन्छ । २०५२ साल बैशाखमा जेठी छोरीको जन्मभयो । बिरामी श्रीमान्को अवस्थामा केहि सुधार भएको कारण श्रीमान्ले दिल्लीमा गई मजदुरी गर्ने निर्णय गर्नुभयो र अर्को कुनै बिकल्प नै नरहेको कारण दिल्ली जानुभयो भने बिष्णुले घरमा बनिबुतो गरेर छोरी हुर्काउदै जानुभयो । श्रीमान्को कमाईले जेनतेन जीवन चल्दै गयो । समय बित्दै जाँदा बि.सं. २०५६ आषाढमा दोश्रो सन्तानको रुपमा छोरालाई जन्म दिनुभयो । दिल्लीमा काम गर्दा बिरामी भईरहने कारणले भने जस्तो कमाई समेत नहुने भएकोले बि.स. २०६० मा कहिल्यै भारत नजाने गरी श्रीमान् नेपालफर्कनु भयो र श्रीमान् श्रीमतीले सामान्य मजदुरी गरी जीवनरुपी गाडा गुडाउदै जानु भएको बताउनुहुन्छ । यसरी रहदै बस्दा तेश्रो सन्तानको रुपमा बि.सं. २०६२ कार्तिकमा जुम्ल्याहा छोराको जन्मभयो । अब बिष्णुको जीवनमा थप जिम्मेवारी तथा बोझ थपियो । भन्नुहुन्छ उहाँसधै ढुङ्गाको मूर्तिलाई भगवान मानेर पुजा गरें । तिनको हृदय पनि ढुङ्गा नै रहेछ क्यारे श्रीमान् श्रीमती दुबैलाई क्षयरोग लाग्यो तर हिम्मत हारेनन् पराजुली दम्पतीले नियमित रुपमा औषधि सेवन पश्चात रोग निको भयो । अहिले दुबैजना नै स्वस्थ रहेको बताउनुहुन्छ ।

परिवारको खर्च दिनानुदिन बढ्दै जाँदा सधैं भरी श्रीमान्को एक्लो कमाईले जीवन धान्न गाह्रो भएको हेरेर बस्न बाध्य हुनु भएकी बिष्णु के गर्ने कसो गर्ने भन्दै भांैतारी रहदा २०६३ सालमा मुक्तिनाथ विकास बैंक वालिङको लघुवित्त डेस्क कार्यालयले बिना धितो सामुहिक जमानीमा कर्जा तथा बचत कारोबार गर्छ भन्ने गाउँकै दिदीबाट थाहा पाउनुभयो। “ढुंगा खोज्दा देउतामिल्यो”भने जस्तै भयो बिष्णुलाई । पहिला श्रीमान्संग सल्लाह गर्नुभयो । उहाँको श्रीमान्ले भनेको कुरा सम्झदै भन्नु हुन्छ “गाउँमा चिनेजानेका, आफन्तहरुले त पत्याउदैनन्, के बैंकले हामीलाई दिन्छ त पैसा? यिनीहरुले हाम्रो अवस्थाको खिल्ली उडाएका हुन् ।”

तर बिष्णुले श्रीमान्लाई सम्झाउनु भयो र छिमेकी दिदीबहिनीहरुसंग सल्लाह गरी समुहमा आबद्घ भई पहिलो बर्षको कर्जा रु. १०,००० /– लिई आफ्नै खेतमा तरकारी लगाउनुभयो । यस कामबाट निश्चित यति नै कमाईभयो भन्ने यकिन नरहे पनि दैनिक जीवनयापनमा सहजता भएको बताउनुहुन्छ । पहिलो कर्जाबाट भएको सहजताले दोश्रो कर्जा बढाउन खोज्दा समुहले नपत्याएर सिफारीस नभएको तितो अनुभव छ उहाँसंग । तसर्थ दोश्रो पटकको कर्जा पनि नबढाई रु. १०,०००/– नै लिनुभयो र सोहीकार्यमा नै लगाउनुभयो । यो पटकको कर्जाबाट पनि यकिन रुपमा यती नै आम्दानी भयो भन्ने बताउन सक्नुभएन । तथापि उहाँले समुहको बिश्वाश जितेर छाडनु भयो । फलस्वरुप तेश्रो कर्जा रु. ३०,०००/– भैसी पालनको लागि माग गर्नुभयो । समुहले पनि उहाँको लगननशीलता, ईमान्दारीता, मेहनत र बिश्वासको सामु झुक्नै प¥यो । यस कर्जाबाट उहाँले आफूसँग रहेको भैसी बिक्री गरी केही रकम थप गरेर एउटा लैनो भैसी खरिद गरेको बताउनुहुन्छ र बाँकी केही रकम शुरुमा लिएको भैसीको ऋण तिर्न नसक्दा जेठाजु जिम्मा बसेको खेत आफ्नो बनाउनुभयो । उहाँले तरकारी खेतीलाई निरन्तरता दिदै दुध पनि बेच्न थाल्नुभयो । यसरी दुई कामबाट भएको आम्दानीका कारण किस्ता तिर्न कुनै अप्ठ्यारो नपरेको र बच्चाहरुको पढाई लेखाईमा सहजता भएको बताउनुहुन्छ । त्यसै गरी चौथो कर्जा रु. १५,०००/– माग गरी अदुवा लगाउनु भयो ।अदुवा खेतीबाट सो बर्ष रु.६०,०००/– आम्दानी गरेको बताउनुहुन्छ भने तरकारी खेतीलाई निरन्तरता दिदै जानुभयो । २०६७ माघमा बिशिष्ट सदस्य बिशेष कर्जारु.२०,०००/– लिई खुर्सानी खेतीमा लगाउनुभयो, यसबाट उहाँले एक बर्षमा रु.४०,०००/– आम्दानी गरेको गर्व साथ बताउनुहुन्छ । यस कार्यमा श्रीमान्ले साथ दिईरहनु भएको छ । श्रीमान्ले अहिले स्थानीय बोर्डिङ स्कुलमा काम गरी मासिक रु.७,०००/–आम्दानी गर्नुहुन्छ । बिहान स्कुल परिसरमा सामान्य नास्ता पसल समेत संचालन गर्नुहुन्छ । 

यसरी मेहनत तथा लगनशीलताबाट पारीवारिक आयस्तर माथि उठ्दै गएको देख्दा हिजो आफूलाई दुःखपर्दा आँखा तरेर हेय भावले हेर्ने र १०० रुपैया सापटी माग्दा नपत्याउने समाज आज उहाँसंग सर सापट, सहयोग र सल्लाह माग्न आउने गरेको बताउनुहुन्छ । उहाँ त्यो अतित सम्झदा आँखा मलिनपार्दै भन्नुहुन्छ, “मुक्तिनाथ भगवानको नामबाट स्थापित बैंकको सहयोगले आज म समाजमा शीर ठाडो पारेर हिड्न सक्ने भए ।” कर्जा लिदै जाँदा उहाँले पांचौ कर्जा रु. ३०,०००/– र छैठांै कर्जा रु. ४०,०००/– लिएर हिजो जेठाजुले आफ्नो जग्गा बन्धक लिएकोमा हाल आफूले जेठाजुको जग्गा बन्धकमा लिई तरकारी खेतीका लागी नै प्रयोग गरेको बताउनुहुन्छ । अहिले उहाँको ०–४–२–३ रोपनीबारीेमा अदुवा खेती गरीरहेको २–१०–२–१ रोपनी खेतमा बन्दा,काउली,आलु, खुर्सानी रहेको देखिन्छ । यसरी कामगर्दै जाँदा उहांको घरमा एक लैनो भैंसी, एक पाडा, एक पाडी रहेको छ । स्थानीय सहकारीमा रु. १,००,०००/– बचत रहेका, जेठी छोरी स्थानीय उच्चमा.बि.मा १२ कक्षामा, जेठो छोरा मामाघर भुमहीमा १० कक्षामा र २ जुम्ल्याहा छोराहरु स्थानीय बोर्डिङ स्कुलमा अध्ययन गरिरहेका छन् ।“तँ आँट म पु¥याउछु” भने झै परिवार संख्या ठूलो भएको र छोराछोरी जवानभई सकेको कारण स्याउलाले बारेको घरमा बस्न अप्ठ्यारो भएको महशुस भएकोले आफ्नो श्रीमान्को नाममा रहेको जग्गाधितो राखी मुक्तिनाथ बिकास बैंकबाट रु. २,००,०००/– कर्जा लिई घर निर्माण गर्नु भयो र त्यो कर्जा नियमित रुपमा भुक्तानी गर्नुभयो हाल सुरक्षीत आबास भएकोले घरका सम्पुर्ण सदस्यमा खुसी छाएको यसको श्रेय मुक्तिनाथ बिकास बैंक लाई दिएको बताउनुहुन्छ । त्यस पछि कर्जा लिदै जाँदा उहाँले सातौ कर्जा रु. १,००००/– लिएर तरकारीको बिउ बिजन किनेको र उहाँले एक हजारबाट शुरुवात गरेको तरकारी खेती ब्यबसाय बाट राम्रो आम्दानी गरेको बताउनुभयो त्यसै गरी २०७३ भाद्रमा दोस्रो पटक बिशिष्ट सदस्य बिशेष कर्जा रु. ५०,०००/– लिई तरकारी खेती व्यवसाय बिस्तार गरी आम्दानी वृद्धि गर्दै जानुभयो र आठौ कर्जा रु. ७०,०००/–, नवौ कर्जा रु. १,०००००/- र  २०७५ माघमा दसौ कर्जा रु. १,००,०००/– लिएर समयमानै भुक्तानी गर्नु भयो । अहिले उहाँको ०–४–२–३ रोपनी बारीेमा अदुवा खेती गरी रहेको २–१०–२–१ रोपनी खेतमा दुई वटा टनेल (टमाटर), बन्दा, काउली, आलु, खुर्सानी रहेको देखिन्छ । यसरी काम गर्दै जाँदा उहांको घरमा एक लैनो भैंसी, एक पाडा, एक पाडी रहेको छ । हाल सम्म उहाँले बैंकबाट रु. ५,७७,०००/–कर्जा लिई सक्नुभएको छ । भन्नुहुन्छ उहाँ “दुःखमा नआत्तिनु र सुखमा न मात्तिनु” दुःख र सुख सिक्का का दुईपाटा हुन् । मेहनत र बिश्वाश गर्न कहिल्यै छोडनु हुदैन । मुक्तिनाथलाई मैले जेठो छोराको रुपमा हेर्नेगर्छु । यस बैंक म मात्र हैन म जस्ता देशका कुना कन्दरामा बस्ने लाखांै महिलाहरु लाई मुक्ति देओेस ।