Saturday May 4, 2024
वि.सं २०८१ बैशाख २२ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

जिवनको पहिलो खुड्किलो बनेको मुक्तिनाथ

Syangja / Gandaki Pradesh / रत्नपुर ०८ ,स्याङ्जा
Budhibazar Small and Micro Banking Desk
402021-01-10

गण्डकी प्रदेश कास्कि जिल्ला पोखरा–२६ अवस्थित मुक्तिनाथ विकास बैंक लि शाखा कार्यालय बुढीबजार अन्र्तगत साना तथा लघुबैंकिङ्ग कार्यक्रममा आवद्ध मिहिनेती एवं जागरुक महिला दिदीबहिनीहरुलाई विगत ६ वर्षदेखि बैंकले समूह निर्माण गरि वचत तथा लघुकर्जा अन्र्तगत कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । स्थापनाकाल देखि बैंकले गरिब तथा विपन्न वर्गमा पुगि बंैकिङ कारोबार गरि सेवा पु¥याउने उद्देश्य अनुरुप बैंकको उद्देश्य नै रहेको “जनता बैंकमा हैन, बैंक जनतामा जानुपर्दछ ।”यहिबाट प्रष्ट हुन्छ कि बैंकले बिकट तथा विपन्न ग्रामिण क्षेत्रमा प्रत्यक्ष गई त्यस क्षेत्रमा रहेका व्यवसाय गर्न इच्छुक तथा पुजिँको पहुँचबाट बञ्चित रहेको जनताहरुलाई समूहमा आवद्ध गराएर बिनाधितो तथा धितो कारोबार गरि विपन्न वर्गको जनताहरुको लागि अवसरको जरो बनि उनिहरुको जिवनस्तर उठाउनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । 

स्याङ्जा रत्नपुर ०८ स्थित बुबा कमलचन्द्र कुमाल र आमा बुद्धिसरा कुमालको कोखबाट वि.स. २०४८।०८।१८ गतेको दिन जन्म भई कक्षा ८ सम्म पढाई गरेकी डिप कुमारी कुमालको २०७१।०१।२६ गते कास्कि जिल्ला स्थित पोखरा २७ बस्ने बिरबहादुर कुमालको छोरा सुर्यबहादुर कुमालसँग बिबाह भएको थियो । बिबाह प्रश्चात जिम्मेबारी बढ्रनु त  स्वाभाविक नै थियो, अब झन् परिवारमा नयाँ सदस्यको आगमन भएको थियो । जसमा छोराको जन्मले परिवार खुसि थियो तर आर्थिक अवस्थामा भने झन दुखका दिन सुरु भएको थियो, कारण आम्दानीको श्रोत । सम्पतिको नाममा केहि थिएन बाच्नलाई त संघर्ष गर्नुपर्ने बाध्यताले  साहुमहाजन सँग ऋणपान गरि उनले श्रीमान्लाई बैदेशिक रोजगारमा पठाईन । यता उनले बच्चाको पालनपोषनका साथ कुखुरापालन व्यबसाय गर्न सुरु गर्न खोजिन् । श्रीमानको कमाई अर्काको देशमा भन्नासाथ कहा पैसा पाइन्दोरहेछर ? तर कुखुरापालन गर्न पनि आफ्नो  पुँिज नभएपछि कहा सफल हुन्थ्यो र ? झन समस्या बढिरहेको थियो । त्यस बिच उनी त आमा न हुन छोरालाई त भोकै राख्न नसकेपछि उनी अर्काको घरमा भाडा माझेर बस्नसम्म बाध्यमा परिन् । 

यसरी समय बितिरहेको थियो यत्तिकैमा उनले मुक्तिनाथ बिकास बैंकको बारेमा सुन्छिन्, त्यहाँ गठन भएको समूहमा बस्न उनलाई इच्छा जागेर ०१८४ केन्द्रमा समुहमा सदस्यता लिन्छिन् । त्यसबाट उनलाई कुखुरापालन गर्ने फेरी इच्छा भएकोले रु. १५०००।– कर्जा लिई कुखुरापालन सुरु गरिन् । त्यसबाट उनले किस्ता रकम र घर खर्च कटाएर झण्डै ४५००।– सम्म बचत गर्न सफल भईन्, यसरी झन उनलाई साहस बढेर फेरी रु ४००००।– कर्जा लिईन् । यसरी व्यवसाय बढ्दै गएपछि उनलाई अर्काे ईच्छा लाग्यो चटपट, पानीपुरी पसल सञ्चालन गर्ने । यसको लागि रु ५००००।– मुक्तिनाथबाट तेश्रो बर्षको कर्जा लिइन् । यस क्रममा त उनलाई श्रीमानको  पनि कमाई साथै उनको व्यवसायले कर्जाको किस्ता रकम भुक्तानमा सहज भएको थियो, साथमा उनले दैनिक ५००।– बचत गर्न सक्षम भईन्  । मुक्तिनाथको राम्रो सदस्यभएकै कारण अर्काे सुनौलो अवसर पाईन साबुन बनाउने तालिम । तालिम लिए प्रश्चात त्यसको फलस्वरुप उनले आफुले सिकेको तालिम अन्य ठाँउमा पनि प्रशिक्षकको रुपमा तालिम दिन थालिन् । यसबाट उनको  आम्दानीमा राम्रो बृद्धि भइरहेको छ । हाल उनका श्रीमान पनि बैदेशिक रोजगारबाट फर्कि उनको सहयोगी बनि व्यावसायमा संलग्न छन् । हालपोखरा ताल्चोकमा आफ्नो घर बनाएका छन् छोरा पनि पढ्न जान्छ । यिनिहरुको परिवार देखेर छिमेकीहरुले भन्ने गर्छन् “साह्रै मिलेको परिवार”

अहिले निज सदस्य भन्छिन् मेरो आर्थिक अवस्थामा सुधार ल्याउन तथा हाम्रो परिवारमा खुसी ल्याउने आधार भनेको यहि मुक्तिनाथ बिकास बैंक हो । मेरो जिवनको पहिलो खुड्किलो बनेको मुक्तिनाथ  बैंकले विपन्न बर्गको जनताहरुको लागी सदैव कार्य गरेकोमा नमनका साथ, सम्पूर्ण जनताहरुसँग  सहयोगी भूमिका खेलिरहोस भन्ने कामना गर्दछु ।