Friday April 19, 2024
वि.सं २०८१ बैशाख ०७ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

लघुकर्जाले व्यवसायी बनायो गीतालाई

Syangja / Gandaki Pradesh / सेतिदोभान गा.बि.स. वडा नं. २,स्याङ्गजा
Jugle Small and Micro Banking Desk
132020-10-21

समयको चाल पलभर मै परिर्वतनशील छ । यसरी नै समयसंगै मानिसको जीवनको विभिन्न मोडमा र भोगाईहरुमा कति सफल त कति असफल भईन्छ ती भोगाईहरु सम्झन योग्य र अध्यन योग्य बन्न सक्छ । यस्ता व्यक्तिहरुको अध्ययनले धेरैलाई सिकाई र उर्जाको रुपमा काम गर्दछ । यसरी नै सम्झन योग्य कथा बनेको छ । स्याङ्गजा जिल्ला सेतिदोभान गा.बि.स. वडा नं. २, जुग्ले निवासी गिता कुमारी पौडेल क्षेत्रीको मध्यम पविारमा जन्म लिएर ९ कक्षा सम्मको मात्र पढाई गरेकी उनले हाल मुक्तिनाथ विकास बैंक लि.द्वारा सञ्चालित  लघुवित्त कार्यक्रममा आवद्ध केन्द्र नं २१०१ की लघुउद्यमी महिला सदस्यमा परिचय बनाएकी छिन् ।
उनको जीवनमा घेरै परिर्वतनहरु आएका छन् । भनिन्छ मानिस दुःखमा नआत्तिने र सुखमा नमात्तिने हुनु पर्दछ । यस्तै १८ बर्षको उमेरमा उनको विवाह पर्वत बाच्छा बेदि निवासी भोज बहादुर क्षेत्रीसंग भएको थियो । उन्का श्रीमान् पेशाले बस चालक थिए । विवाह पश्चात छ महिना सम्म मात्र श्रीमान्को घरमा विताएकी गितालाई घर परिवारले छोराले आफु खुसी बिवाह गरेर ल्याएकोमा चित्त दुखाएका थिए । त्यसकारण पनि घर परिवारमा पनि मेलमिलाप हुन सकेन । यसरी नै दिनचर्या वितिरहेको बेला उनको कोखबाट छोरीको जन्म भयो । छोरीको जन्म भएपछि श्रिमानसंग पनि राम्रो सम्बन्ध भएन । बच्चा जन्मेको ६ महिनापछि श्रीमान्ले दोस्रो बिवाह गरेर उनलाई बेवास्ता गरेपछि जीउनको लागि आफैले केही गर्नु पर्छ भनेर स्याङ्गजाको जुग्लेमा छिमेकीसंग रु.३,०००/– सापट गरी टिनले बारेको टेङ्कीमा खुद्रा तथा फलफुल व्यापार सुरु गर्न थालिन् ।
               
त्यसपछि उनी २०६४ सालमा मुक्तिनाथ बिकास बैंक लि.शाखाको कार्यालय जुग्लेमा लघुवित्त कार्यक्रममा आवद्व भई केन्द्र नं २१०१ सदस्यता लिई रु. १०,००० /– कर्जा लिएर व्यवसाय बढाईन्, जसबाट राम्रो मुनाफा आर्जन हुदै गयो । उनले पुनः सोही समुहबाट दोस्रो कर्जा लिएर व्यवसायलाई बढाएर होटलमा परिणत गरिन् । ग्राहकहरुको राम्रो चाप हुन थाल्यो फलफुल, तरकारी तथा चिया नास्ताको व्यापार राम्रो हुदै गयो । मुक्तिनाथ बिकास बैंकबाट रु. ५०, ६०, ७५ हजार गर्दै जांदा हालसम्म बिना धितो कर्जा रु. ४ लाख २५ हजार सम्म कर्जा चलाई सकेकी छिन् । लगानीको दोब्बर, तेब्बर मुनाफा हुदै गयो । उनी भन्छिन् “मानिस व्यापार बाट सफल हुन सानो लगानी भए पनि हुदो रहेछ, सानो लगानीमा त झन् जोखिम कम हुदो रहेछ मलाई व्यापार र पैसा कमाउन प्रति रस पर्दै गयो । यसरी व्यसायबाट कमाएको पैसाको बचत, केही समुहबाट ऋण र केही सरसापट गरी १० लाखमा पोखरामा घडेरी  किन्न सफल  भए” । सोहि क्रममा होटल व्यवसाय गर्दागर्दैै उनले कास्की ल्वा∙घलेलका गाडि चालक थमन बहादुर क्षेत्रीसंग दोस्रो विवाह गरिन् ।  श्रीमान् बस चालक आफु व्यापारमा लागेकाले घर परिवार संचालन गर्न सजिलो हुदै गयो, परिवारमा आयश्रोत वृद्धि हुदै गयो । 
गिताले होटल व्यवसायबाट भन्दा तरकारी फलफुलबाट राम्रो मुनाफा प्राप्त गर्ने हुदा हाल तरकारी फलफुललाई बढी लगानी र मेहनत गरेको उनले बताउछिन् । उनले यस सेतिदोभान वरपरका क्षेत्रका तरकारी बजारिकरण गरी किसानहरुमा व्यवसायिक बन्न समेत उत्प्रेरित गरिरहेकी छन् । यसरि गाँउको फलफुल लाई खरिद गर्न बिहानै ५ बजे उठेर गाँउ बस्तीमा गई सिजन अनुसार अम्बा , नास्पाति, आरु, आरुबखरा, सुन्तला, कागती, निबुवा तथा काँचो केरा खरिद गरि बजारमा बिक्री गरेर गाँउमा फलफुल बिक्री गर्नु हुन्न भनेर फलफुल सडाएर फाल्ने किसानहरु आज थप फलफुल खेती गरि बिक्री गर्न हौसिएका छन् । यसरी उनको मेहनत र परिश्रमले आफ्नो घर परिवारको सम्पुर्ण खर्च चलाउने, किस्ता तिर्ने, बच्चा बोर्डि∙ स्कुलमा पढाउने, चाडपर्व मान्ने, विरामी पर्दा उपचार गर्ने, परिवारमा आफ्नो दायित्व पुरा गर्ने तथा समाजमा समेत उनको मेहनतले सकारात्मक प्रभाव पारि व्यवसायिक बन्नु पर्छ भन्ने प्रभाव पारेकी छन् ।
परिश्रमको फल मिठोहुन्छ भन्ने उदाहरणको पात्रले परिचित गिताले करिब ५ बर्ष अगाडि पुतलीबजार ४ नागडाँडामा र सेतिदोभान ८ बेत्यानीमा पनि २० लाखमा १०, १० लाखका २ बटा घडेरी किन्न सफल हुनुभएको छ । उहाले आफनो व्यवसायलाई बिस्तार गर्नको लागि अझै केहि गर्न पर्छ भन्ने उदेश्यले जुग्ले स्याङ्गजामा १ सटर र ४ बटा कोठाहरु रु. २७,०००/– भाडामा लिई तरकारी, फलफुल तथा किराना खुद्रा समानलाई बढाउनुभएको छ । उनको जिवनमा सर्पले काचुली फेरै झै बिगत १० वर्ष पहिला पोखरामा किनेको घडेरी हाल ८० लाखमा बिक्रि गरी २ तल्लाको ८ वटा कोठा भएको घर रु. ६३ लाखमा किनेर त्यही घरमा किराना फलफुल पसल तथा १ वटा सटर भाडामा पनि दिनुभएको छ ।