Friday March 29, 2024
वि.सं २०८० चैत १६ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

लघुबैकिङ्ग कार्यक्रमले फेरीयो कँडेलको जीवन ।

Tanahun / Gandaki Pradesh / भिमाद गा.वि.स ०४,तनहुँ जिल्ला
Bhimad Small and Micro Banking Desk
142020-10-21

गण्डकी अञ्चल, तनहुँ जिल्ला साबिक भिमाद गा.बि.स.–०७, हाल भिमाद न.पा ०७ दैकिडाँडामा  पिता हरिप्रसाद आचार्य र  माता गंगा आचार्यको  कोखबाट बि.स.२०३९ साल फाल्गुन महिनाको १९ गते सामान्य परिवारमा राधिका कडेँलको जन्म भएको थियो । बाल्यकालका दिनहरु पढ्दै, हाँस्दै खेल्दै बितिरहेका थिए । जब उनी कक्षा १० मा पढ्दै थिईन् घरमा बिहेको कुरा चलिसकेको थियो । बि.सं.२०५६ साल मंसिर ०७ गते, १७ वर्षको उमेरमा तनहुँ जिल्ला साबिक भिमाद गा.वि.स ०४, हालको भिमाद न.पा ०७, मच्छेरडाँडा निवासी श्री ऋषिराम कँडेलसँग उनको बिवाह भयो । विवाह भएको १ वर्ष पछि पहिलो सन्तानको रुपमा छोरी अनुप्रिया कडेँल र त्यसको ३ वर्ष पछि दोस्रो सन्तानको रुपमा छोराको जन्म भयो । अव ४ जनाको परिवार, घरको मुख्य पेशा कृषि तर जग्गा जमीन प्रसस्त नभएकोले आम्दानी गर्ने बाटो भएन । आर्थिक भारले कठिनाई भइरहेको थियो । पहिलेदेखी नै उनको मनसाय कृषि तथा पशुपालन व्यवसाय गर्ने रहेको थियो । तर व्यवसायमा लगानी गर्न आर्थिक स्रोत थिएन । कहि कतैबाट आर्थिक स्रोत जुटाउन सके व्यवसायिक रुपमा व्यवसाय सञ्चालन गर्ने योजना थियो ।
एक दिन गाउँका दिदीबहिनीबाट मुक्तिनाथ विकास बैंक लिमिटेड भिमाद शाखाबाट महिलाहरुलाई वित्तिय पहुँच पु¥याउने लघुवित्त कार्यक्रम सञ्चालन भएको कुरा थाहा पाएपछि  उक्त कार्यक्रमले प्रवाह गर्ने सेवा सुविधाको बारेमा बुझिन् । यस बैंकको उक्त कार्यक्रममा सहभागी हुन मन लाग्यो । सातदिनको समुह प्रवेश पुर्व तालिममा सहभागी भए पश्चात  २०६७ भदौ ०५ गते गठन भएको केन्द्रमा सदस्यता लिइन् । २०६७ श्रावणमा रु. २०,००० कर्जा लिएर गोठ मर्मतको लागि रु.१५ हजार, र बाँकी रहेको ५ हजारले १ वटा पाडी खरिद गरीन् । २०६८ भदौमा  दोस्रो पटक रु.३०,०००/– कर्जा लिएर १ भैसी खरिद गरिन् । भैसी पालनबाट राम्रो आम्दानी भए पछि पशुपालनलाई व्यवसायिक रुपले अगाडी बढाउने बिचार गरेर पुनः रु.६०,०००/– कर्जा लिईन् । भैसीपालनको साथै अतिरिक्त व्यवसायको रुपमा १ गाई खरिद गरिन् ।  दैनिक रुपमा दुध र मासिक रुपमा घ्यु विक्रीबाट मासिक रु.१०,०००/–  खुद फाईदा हुदै गयो ।
 
हाल ६ वटा ठुलो भैसी र ३ वटा विकासे गाई पालन गर्नुभएको छ । उहाँले बिनाधितो यस बैंकबाट रु ६५०,०००/– कर्जा उपभोग गद्धै भैंसीपालन तथा गाईपालन गर्दै हाल मासिक ५०,०००/– भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । पहिला गाउँमा एउटा साधारण घर भएको सदस्यको अहिले भिमादमा आर.सि.सि घर बनाइ बस्नुभएको छ । श्रीमानले पनि भिमादमा टायर हाउस व्यावसाय संचालन गर्नुभएको छ । छोरीे स्नातक तहमा अध्ययनरत  हुनुहुन्छ भने छोरा १० कक्षामा पढ्दै हुनुहुन्छ । 
 
एक महिलाले यसरी व्यवसाय गरेको देखेर मानिस दंग परेका छन् । श्रीमानको नियमित सहयोग भएतापनि एउटा महिला भएर पनि श्रीमानको कमाईको आस तथा भर नपरी आफ्नो खुट्टामा आफै उभिन सक्ने साथै गाउँ तथा छिमेकमा एउटा उदाहरणीय ब्यक्ति बन्न सकिने र त्यहाँको समुदायमा सबैले उदाहरण दिने सफल उद्धमशिल महिलाको रुपमा गाउँ समाजमा छाप पार्न सफल भएकी छिन् । उनी भन्छिन् “पहिलेका दिनमा मलाई गरिने ब्यबहार अहिले गरीने ब्यबहारमा परिवर्तन भएको छ” ।